१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


पौडी खेल्ने क्रममा डुबेर दुईको मृत्यु


910
Shares

अर्घाखाँची । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका १० धनचौरको देउराली नेटाका १९ वर्षीय दिलिप नेपाली र १७ वर्षीय अशोक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

भुमिकास्थान नगरपालिकाको वडा नम्बर १० मै पर्ने झिमरुक खोलामा शनिबार पौडी खेल्न गएका ६ जनामध्ये दुई जनाको मृत्यु भएको हो । पौडी खेल्न गएका दुई युवा धेरै समयसम्म पानीबाट बाहिर नआएपछि संगै गएका साथीहरूले आफन्तलाई खबर गरेका थिए ।

आफन्त र धनचौर प्रहरीको खोज तलासपछि मृत भेटिएका दुवै जनाको शवलाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णु प्रसाद पौडे्लले जानकारी दिनुभयो ।