१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


आइपिएल क्रिकेट : आज दुई खेल हुँदै


1.781k
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । भारतको आन्द्र प्रदेशको बिशाखापट्नममा दिउँसो पौने ४ बजे शुरु हुने खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दा गुवाहाटीमा राती पौने ८ बजे राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सको सामना गर्नेछ ।

यसअघि आइपिएल टी-ट्वेन्टी क्रिकेटमा गुजरात टाइटान्सले मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

उसका लागि साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । जवाफमा १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४८ रन जोडे ।

आइपिएल क्रिकेटको जारी सिजनमा गुजरातले दोस्रो खेलमा पहिलो जित निकालेको छ । पहिलो खेलमा गुजरातलाई पञ्जाब किंग्सले हराएको थियो । चेन्नई सुपर किंग्ससँग पहिलो खेल हारेको मुम्बईको यो लगातार दोस्रो हार हो ।