१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


राजावादीको प्रदर्शनमा पत्रकारको मृत्यु भएपछि कपिलवस्तुमा विरोध र्‍याली


520
Shares

कपिलवस्तु । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा कपिलवस्तुका पत्रकारहरू सडकमा उत्रिएका छन् ।

शुक्रवार भएको राजावादी प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनका पत्रकार रजकको मृत्यु भएको हो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो ।

उनको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले शनिवार चन्द्रौटामा कालोपट्टि बाँधेर विरोध प्रदर्शन ग¥यो । कार्यक्रममा जिल्लाका पत्रकारहरूले कार्यस्थलमा पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कानुनी कारवाही गर्न माग गरेका छन् । विरोध र्‍यालीमा सहभागीहरूले प्लेकार्डसहित सडकमा प्रदर्शन गरेका थिए ।

चन्द्रौटा चोकमा आयोजित विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष खगप्रसाद चापागाईँले नेपाली पत्रकारिता क्षेत्रमा गम्भीर सङ्कट आएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्नुभयो । उहाँले विभिन्न संघ सङ्गठनले गर्ने विरोधका कार्यक्रममा मिडियालाई टार्गेट गर्ने काम बन्द गर्न चेतावनीसमेत दिनुभयो ।

प्रेस चौतारीका अनुशासन आयोग सदस्य जानू पाण्डे, पत्रकार महासंघका निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य, अकोराव लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष राजु खाराल लगायतका वक्ताहरूले आन्दोलनका नाममा कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट जस्ता सञ्चारमाध्यममा भएका आक्रमणहरूको तीव्र भत्र्सना गर्दै सरकारसँग पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।