
एजेन्सी । शुक्रवार म्यानमारको मण्डले क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । जसले धेरै देशहरूमा ठूलो हताहत र क्षति पु¥याएको छ ।
शनिवारसम्म विपत्तिले म्यानमारमा मात्र एक हजार २ जनाको मृत्यु भएको छ, २ हजार ३ सय ७६ जना घाइते भएका छन् । ३० जना बेपत्ता रहेको देशको राज्य प्रशासन परिषद्को सूचना टोलीले रिपोर्ट गरेको छ ।
भूकम्पको केन्द्रबिन्दु १५ लाख जनसंख्या भएको देशको दोस्रो ठूलो शहर मण्डलेबाट लगभग २० किलोमिटर टाढा मात्र थियो ।
राष्ट्रिय विपद् व्यवस्थापन समितिले सागाइङ क्षेत्र, मण्डले क्षेत्र, म्याग्वे क्षेत्र, शान राज्यको उत्तरपूर्वी भाग, ने पि ताव र बागो क्षेत्रको राजधानीमा आपतकालीन अवस्था घोषणा गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्