१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


तीनकुने हिंसाका आरोपितलाई आज म्याद थपिँदै


2.392k
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता–कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ ।

शुक्रवार राती पक्राउ परेको र भोलिपल्ट हिजो शनिबार भएकोले आज उनीहरुलाई म्याद थप गर्न लागिएको हो ।

हिंसात्मक आन्दोलनका क्रममा १ सय १२ जना पक्राउ परेका छन् । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्स (आर.टी.एफ)का कमाण्डर लगायत रहेका छन् ।

राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार छन् ।

चैत्र १५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । पक्राउ परेकाहरुमाथि ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध जस्ता मुद्दा चलाउने प्रहरीको तयारी छ ।