१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


कुलमान घिसिङको मुद्दा हेर्न नमिल्नेमा


11.388k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सनवेदन हेर्न नमिल्नेमा परेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि आज पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।

गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो ।

शुक्रबार न्यायाधीश मुसलमानको इजलासले घिसिङलाई पदमुक्त गर्ने निर्णयसँग सम्बन्धित मुद्दाको मिसिल पनि पेश गर्न आदेशका साथै उक्त मुद्दालाई अग्राधिकारमा राख्न पनि आदेश गरेको थियो । शुक्रबार इजलासले दुवै मुद्दा एकै साथ राखेर सुनुवाइ गर्ने जनाएको थियो ।