
काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्ने गरी स्थगित गरिएको छ । विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि दलहरुबिच सहमति नजुट्दा बिहीबारदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । उक्त विषयमा प्रधानमन्त्री ओलीले जवाफ नदिनएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ ।
आइअतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच चर्काचर्की भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरी अपराह्न ४ बजेका लागि बोलाइए पनि विपक्षीले अडान नछाडेपछि बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्