१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


मिश्र र राणालाई हिरासतमा राख्न अनुमति


4.55k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले आइतबार अपराह्न म्याद थपका लागि ४१ जनालाई अदालतमा पेश गरेको थियो ।

गत शुक्रबार तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको थियो ।

उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो. । मिश्र र राणासहित ११ जनालाई भने राज्य विरुद्धको कसुरमा पनि अनुसन्धान गरिने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

सोही दिन पक्राउ परेका संयुक्त जनआन्दोलन परिचालन संयुक्त समितिका प्रवक्ता स्वागत नेपाल भने रिहा भएका छन् । उक्त दिन नेपाल आफ्नै कार्यालयमा रहेको पाइएको भन्दै रिहा गरिएको हो । त्यसैगरी कोटेश्वरको भाटभटेनी लूटपाटको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।