१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


प्रतिनिधिसभाको बैठक बस्दै


403
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्नेछ । आइतबारको बैठक विपक्षी दलहरूको अवरोधका कारण सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइए पनि विपक्षीको अडान यथावत रहेपछि बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो । आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको बताइएको छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्री ओलीले जवाफ नदिनएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान रहेको छ । यस्तै गत शुक्रबार तीन कुने घटनाका विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको माग छ ।