
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
इस्लाम धर्मावलम्बीको महत्वपूर्ण र पवित्र पर्व ईद–उल–फित्र को अवसरमा प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा ‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ, रोजा पूरा भएको खुशियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।’ उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्