
एजेन्सी । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको २५ प्रतिशत करले दुई देशको अटो उद्योगको एकीकरणमा असर गर्ने बताउनुभएको छ ।
गत वर्ष मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लगभग २५ लाख सवारी साधन निर्यात गरिएको थियो । यो दशकौंदेखि हुँदै आएको एकीकरण हो ।
उहाँले मेक्सिको एकपक्षीय उपायसँग सहमत नरहेको बताउनुभयो । कुनै पनि करले एकीकरण र दुई देशको अर्थतन्त्रलाई असर गर्ने उहाँले बताउनुभयो । सिन्ह्वा न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्