
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली कांग्रेस-नेकपा एमालेहरु सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले चैत १५ गते भएको राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्र नभई राज्यपक्षबाट समेत ज्यादति गरिएको आरोप लगाउनुभयो । उहाँले अहिले सत्तामा रहेका दलहरु समेत तोडफोड र मान्छे मारेर सत्तामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले राजावादी आन्दोलन बिथोल्नको लागि घरको छतमा बसेर म्याद गुज्रेका अश्रुग्याँस फालेको आरोप लगाउनुभयो ।
अध्यक्ष लिङ्देनले न्यायिक छानविन आयोग गठन गरि दोषिलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्