
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मसिना कुराहरुलाई इगोको रुपमा नलिइ संसद सुचारु गर्न प्रतिपक्षीलाई आग्रह गर्नुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा ल्याइएका अध्यादेशहरु संविधान अनुसार नै भएकाले दुवै सदनबाट स्वीकृत भइसकेको बताउनुभयो । उहाँले संविधानलाई समृद्ध बनाउँदै कार्यान्वयनमा लैजान कानून निर्माण आवश्यक भएकाले अध्यादेश ल्याउनुपरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सबै दलको एकताबद्धताले स्थपित भएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा भइरहेका गणतन्त्र विरोधी गतिविधि तथा आफ्नो थाइल्याण्ड भ्रमणको विषय रहेकाले सबै दलहरुलाई एकतावद्ध भएर संसद सुचारु गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्र्तीेबारे अदालतमा विचाराधिन रहेकाले संसदमा छलफल गर्नु उचित नहुने बताउनुभयो । उहाँले लोकसेवाले नियुक्त गरेको बाहेक राजनीतिक नियुक्तहरु सरकार फेरिएपछि स्वतः फेरिने विधिमा जानु व्यस्था मिलाउनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्