१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन


1.092k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

सोमबार चैत्र १५ गतेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

१५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा। धवल समशेर जबरासहित अन्य प्रदर्शनकारीहरुमाथि पनि सरकारले पक्राउ गरी मुद्दा चलाएको छ । प्रदर्शनकारीहरले झुटा मुद्दामा पक्राउ परेका राप्रपा नेता र राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

उनीहरुले मृतकलाई शहीद घोषणा गर, घटनाको न्यायोचित छानविन गर, नालायक सरकार राजीनामा दे लगायतका प्लेकार्ड नारा लगाएर बिरोध प्रदर्शन गरेका छन् ।