
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरु सक्रिय हुन थालेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामो रक्षाका लागि नेतृत्व गरेका नेताहरुले सच्चिनुपर्ने बताउनुभएको हो । उहाँले गणतन्त्रवादी दलहरुबीच मतभेद भएपनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्रवादी दलहरुले देश र जनताको अगाडि निर्भिक भएर आफ्ना कमजोरीहरु स्वीकार्दै आत्मआलोचना गर्नुपर्ने समेत बताउनुभयो ।
अध्यक्ष केसीले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरु अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्