९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


संसदमा छलफल गर्नु लोकतन्त्रको सुन्दरता : अर्थमन्त्री पौडेल


208
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा विधेयकमाथि सांसदहरुले राखेको जिज्ञासा समाधानका लागि केही थप कोर्ष आवश्यक भएको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कुनै पनि विषयमा संसदमा छलफल गर्नु लोकतन्त्रको सुन्दरता भएको बताउनुभयो । विधेयकमाथिको छलफलमा सांसदहरुले विवेक र तर्कपूर्ण विचार राखेको उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले सांसदहरुले उठाएका विषयको उच्च सम्मान गर्दै आगामी दिनमा संसदमा छलफल गर्दै जाने बताउनुभयो ।