१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


प्रतिगामी शक्तिहरु टाउको उठाउने कोशिस गरिरहेका छन् : अध्यक्ष नेपाल


312
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् रु भन्दै प्रश्न गर्नुभयो । इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ । नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताउनुभयो ।

अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने की नपाउने भन्दै प्रश्न गर्नुभयो ।