
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रुपमा भ्रष्टाचार बढेको बताउनुभएको छ ।
आइतबार पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचार व्याप्त भएको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचारको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाउनु भएको बताउनुभयो । उहाँले अहिले कम्तिमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरुको पिपिए गर्ने बेला भएको र त्यसमा ६ देखि ८ अर्बको लेनदेन भइरहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले देशमा बेरोजगारी व्याप्त रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्