२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


जनकपुरधाममा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली


1.3k
Shares

काठमाडौं । नेकपा एमालेले जनकपुरधाममा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्‍याली गरेको छ ।

पार्टीको प्रदेश कार्यालयबाट शुरु गरिएको र्‍याली तिरहुतिया गाछी पुगेर समापन गरिएको हो ।

गणतन्त्रको संरक्षण तथा पार्टीको सांगठनिक सुदृढीकरणलाई लक्षित गरी आयोजित र्‍यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागी थिए ।

उनीहरूले मोटरसाइकलमा एमालेको झण्डा फहराउँदै पार्टीको नारा लगाउँदै तथा लोकतान्त्रिक मूल्य-मान्यताको पक्षमा ऐक्यबद्धता जनाउँदै शहरका मुख्य सडकहरू परिक्रमा गरेका हुन् ।