२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


प्रदर्शनका नाममा भइरहेका उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु प्रभावित हुन्छन् : अध्यक्ष अग्रवाल


325
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रदर्शनका नाममा भइरहेका उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु प्रभावित हुने बताउनुभएको छ ।

गत शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनको क्रममा राजावादी समूहले गरेको निजी एवं सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनीका घटनाप्रति नेपाल चेम्बर अफ कर्मले आपत्ति जनाएको हो ।

अध्यक्ष अग्रवालले प्रदर्शनको नाममा गरिएका लुटपाट, तोडफोड र आगजनीका घट्नाहरु सह्य नहुने भन्दै आपत्ति जनाउनुभयो । जनाउनुभयो । उहाँले उक्त घट्नाले उद्योगी व्यवसायीहरुको मनोबल खस्किनुका साथै समग्र मुलुककै अर्थतन्त्रमा समेत ठूलो नकारात्मक असर पर्ने बताउनुभयो । सरकारको सुरक्षा व्यवस्थापन कमजोरीको कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उहाँको भनाइ छ ।

अध्यक्ष अग्रवालले सार्वजनिक तथा निजी सम्पती सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने समेत बताउनुभयो । सरकारले चुस्त सुरक्षा व्यवस्थापन गरेर मात्र अगामी दिनहरुमा प्रदर्शन गर्ने अनुमति दिनुपर्ने समेत उहाँको माग छ । उहाँले मुलुकको अर्थतन्त्र धराशायी भएको र बिस्तारै लगानीमैत्री वातावरण निर्माण भइरहेको अवस्थामा भएको उक्त उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु समेत प्रभावित हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले राजावादीहरुको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिबारे गम्भिर हुँदै सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो ।

बीमा नगरिएका व्यवसायिक प्रतिष्ठानहरुमा भएको क्षतिको मूल्याङ्कन गरी सरकारले उचि क्षतिपूर्ति दिनुपर्ने अध्यक्ष अग्रवालको माग छ ।