२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


म हिन्दु राष्ट्रको पक्षमा छु : डा. शशांक कोईराला


8.866k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक पटक अवसर दिँदा समेत सत्ताको दुरुपयोग गरेको बताउनुभएको छ ।

सोमबार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता कोईरालाले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको बताउनुभयो । व्यवस्थालाई कसरि अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उहाँको भनाइ छ । उहाँले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजालाई हामीले पटक पटक मौका दियौं, अवसर दियौं । उसले दुरुपयोग गर्यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन ? त्यसैले अब राजा हामीलाई चाहिदैन । हिन्दुराष्ट्रको पक्षमा चाहीँ म छु ।’

नेता कोईरालाले तीनकुने घटनामा भीड उक्साउने काम राजावादी पक्षबाट भएको भन्दै कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।