२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली


4.706k
Shares

काठमाडौं । नेकपा एमालेले काठमाडौंको तीनकुनेमा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्‍याली गरेको छ ।

सोमबार पार्टीले देशभरका विभिन्न स्थानमा गणतन्त्रको पक्षमा र्‍याली आयोजना गरेको थियो । सोही कार्यक्रमअन्तर्गत काठमाडौंमा पनि मोटरसाइकल र्‍याली गरेको हो ।

गणतन्त्रको संरक्षण तथा पार्टीको सांगठनिक सुदृढीकरणलाई लक्षित गरी आयोजित र्‍यालीमा पार्टीका नेतारयुवा कार्यकर्ताको सहभागी रहेको छ । उनीहरूले मोटरसाइकलमा एमालेको झण्डा फहराउँदै पार्टीको नारा लगाउँदै तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा ऐक्यवद्धता जनाएका छन् ।