२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


दुई तिहाईको सरकारले जिउँदै छाड्नु नै जीत : रवि लामिछाने


2.288k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले जिउँदै छाड्नु नै आफ्नो जित भएको बताउनुभएको छ ।

पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठक अघि पत्रकारहरुसंग कुरा गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई जिउँदै छाडेको भन्दै त्यही नै आफ्नो जित हो भन्नुभयो ।

शरीरमा एक थोपा रगत रहुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा लडिरहने उद्घोष पनि लामिछानेले गर्नुभएको छ ।

गत कात्तिकमा सरकारले जबर्जस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै गिरफ्तार गरेको स्मरण गर्दै उहाँले षड्यन्त्रको सिलसिला अझै नसकिएको बताउनुभयो. । आफूलाई फसाउन सरकारले सबै शक्ति खर्चिएको समेत उहाँको जिकिर थियो ।