२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


भारतमा ग्यास सिलिण्डर बिस्फोट, ७ जनाको मृत्यु


1.391k
Shares

एजेन्सी । भारतमा ग्यास सिलिण्डर पडकिँदा सात जनाको मृत्यु भएको छ । भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको एक घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चार बालबालिका र दुइ महिला रहेका छन् । घटनामा घाइने एक महिलाको भने उपचार जारी छ । तर उनको आधा शरीर जलेकाले अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।