
एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटमा आज लखनउ सुपर जयन्ट्सले पञ्जाव किंग्सको सामना गर्नेछ ।
खेल बेलुकी पौने ८ बजेदेखि लखनउको एकना क्रिकेट स्टेडियममा शुरु हुनेछ । पञ्जाव लगातार दोस्रो जितको खोजीमा रहेको छ भने लखनउ तीन खेलमा दोस्रो जितको खोजीमा छ ।
यसअघि आइपिएल क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । १ सय १७ रनको लक्ष्य मुम्बईले १२ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।
वाङ्खडे रंगशालामा सोमबार भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन रायन रिकल्टन सर्वाधिक ६२ रनमा अविजित रहे ।
जारी सिजनमा पहिलो जित हात पारेको मुम्बई ३ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । मुम्बई यसअघि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्ससँग पराजित भएको थियो । कोलकाता ३ खेलमा १ जित र २ हारका साथ अंक तालिकाको पुछारमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्