
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाउनुभएको छ ।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले रास्वपाको बुझाइमा चुनौतिपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाउनुभयो । उहाँले कानून निर्माणका केही प्रक्रियाहरु संसदीय अभ्यासमा स्वभाविक रुपमा अलिकति अगाडि बढेको महशुस आफूहरुले गरेको बताउनुभयो । उहाँले रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्वनको प्रक्रियालाई लिएर नियन्त्रणमुखी महशुस गरेको बताउनुभयो ।
सांसद गौतमले नेपालमा सबै विषयवस्तुलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने गरिएकोप्रति आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्