
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताउनुभएको छ ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । उहाँले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको बताउनुभयो । उहाँले सरकारले पनि केही महत्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा प्रश्तुत गरेको र महत्वपूर्ण रहेको बताउनुभयो ।
सचिव भट्टराईले प्रधानमन्त्रीले ४/४ पटक संसदलाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसदलाई विशेष महत्व दिएको पाएको पनि बताउनुभयो । हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताउनुभयो । ०७९ पछि बनेको प्रतिनिधि सभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्