
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने बताउनुभयो । सरकारले आशाका किरणहरु दिन नसकेको उहाँको आशय थियो । उहाँले संसदको हिउँदे अधिवेशन कानून निर्माणमा केही सदसम्म सफल भएको समेत बताउनुभयो ।
सांसद खतिवडाले संसद अवरुद्ध पारेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएको बताउनुभयो । उहाँले आफू हिन्दु धर्म मान्ने भएपनि सबैलाई अट्ने र सबैलाई समेट्ने राज्य बनाउन जरुरी रहेको समेत बताउनुभयो ।
सांसद खतिवडाले राजावादी समूह सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आउँदैमा सबैले त्यसैगरी अगाडि बढ्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्