२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : सांसद गिरी


8.125k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताउनुभयो । उहाँले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भएपनि चलखेल गरिएको उहाँको आरोप छ ।

सांसद गिरीले नेपाल हिन्दुराष्ट्र बन्न आवश्यक रहेको बताउनुभयो ।