
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभएको छ ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद केसीले सरकारले जारी गरेका अध्यादेशहरु पास भएपनि मुल विधेयकको रुपमा आउनुपर्ने कानूनहरु यथावत रहेको बताउनुभयो । उहाँले संघीय निजामति विधेयक, शिक्षा विधेयकहरु जस्ता महत्वपूर्ण कानूनहरु यथावत रहेको कारण कानून निर्माणमा हिउँदे अधिवेशनलाई प्रभावकारी मान्न नसकिने उहाँको धारणा छ
सांसद केसीले नेपालले थप आन्दोलन र हिंसा थेग्न नसक्ने भन्दै यसतर्फ सरकार गम्भिर हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्