
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ ।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले गृहमन्त्री लेखकको राजीनामा माग गर्नुभएको हो ।
सांसद गौतमले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरवाही गर्दा युवकको ज्यान गएको बताउनुभयो । गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको भन्दै मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताउनुभयो । उहाँले आगजनी भइरहेको बेलामा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन उपस्थित भइ नियन्त्रण गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।
सांसद गौतमले गठबन्धन सरकारले पनि मन्त्री र नेतृत्व परिवर्तन गर्ने बेला भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्