
काठमाडौं । साताको पहिलो कारोवार दिन आइतवार ३२ अंकले उकालो लागेको शेयर सोमबारको बिदापछि मंगलबार दोहोरो अंकले ओरालो लागेको छ ।
बजार खलेपछि लगातार बढेर २६ सय ९५ को विन्द सम्म पुगेको इन्डेक्स अन्त्यमा करिब १७ अंकले घटेर २६ सय ७६ कायम भयो । राम्रो गभर्नर आउने भन्ने खबरले उत्साहित लगानीकर्ता बिचौलियाले चाहेको व्यक्तिलाई गभर्नर ल्याउने कसरत भएको पछिल्लो खबरले तर्सिएका विश्लेषण लगानीकर्ताको छ । त्यसकै प्रतिक्रियाको रुपमा आजको बजारलाई लिनुपर्ने उनीहरुको तर्क छ ।
कारोवारमा आएका १३ उपसमूह मध्ये व्यापार समूहमा ४ प्रतिशत बढीको बृद्धि आउँदा अरु सबै समूहमा दोहोरो अंकको गिरावट आएको छ । घटेको बजारमा पनि गार्डियन माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोवार भएको नेप्सेले जनाएको छ । कारोवारका हिसाबमा हिमालयन रि इन्स्योरेन्सको शेयर सर्वाधिक ६४ कारोड २५ बढीको शेयर कारोवार भएको छ । मंगलबार जम्मा ४२ कम्पनीको मूल्य बढ्दा २ सय १ को घटेको छ । मंगलबार २ सय २० कम्पनीको १ करोड बढी कित्ता शेयर ५ अर्ब ७९ करोड बढीमा किनबेच भएको नेप्सेले जनाएको छ ।
यसैबीच, करिब २ महिनापछि नेपाल स्टक एक्स्चेन्जले नेतृत्व पाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त गरेको हो । नेप्सेको सीईओ पद गत माघ २५ गतेदेखि रिक्त थियो । यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिएको सार्वजनिक भएको थियो । तर उनको नियुक्ती मुख्यसचिवबाट प्रमाणित नभएको जनाइएको छ । नेप्सेको सीईओ सिफारिस समितिले चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल गरी ५ जनाको नाम सर्टलिस्ट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्