
काठमाडौं । आगामी वैशाख ४ देखि ६ गतेसम्म कुकिवन तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ ।
नेपाल तेक्वान्दा संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
मंगलबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको थियो । प्रतियोगितामा ब्रेकिङतर्पm साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउण्ड गरी पाँच विधा हुने भएको छ ।
ब्रेकिङमा जुुनियरमा यु–१२, १३–१५, १६–१८ तथा सिनियरमा १९–२९ र ३०–५९ गरी पाँच उमेरसमूहमा कुल २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।
अथोराइज पुम्सेतर्पm पाँच उमेरसमूहका एकल, पियर र ग्रुप पुम्से गरी तीन विधामा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको छ । तेक्वान्दो एरोबिकमा महिला र पुरुष गरी पाँच देखि सात जनाको टिम बनाएर सिनियर र जुनियर तथा टिम ग्यगोरीमा महिला तथा पुरुष यु–१२, १८ र २९ गरि तीन समूहमा ६ स्वर्णका प्रतिस्पर्धा गराइने जानकारी दिइयो । उक्त प्रतियोगिताका लागि अनुमानित बजेट २१ लाख १५ हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्