२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


म आफैँ आन्दोलनमा छु : अध्यक्ष केसी


1.053k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोनमै रहेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताउनुभएको हो ।

प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने अध्यक्ष केसीको जिकिर छ । उहाँले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत बताउनुभयो । उहाँले संविधानमा भएका असहमतिहरुलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताउनुभयो ।

अध्यक्ष केसीले आन्दोलन प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्ने समेत बताउनुभयो । उहाँले तीनकुने घट्नाले लोकतन्त्रण र गणतन्त्र सुरक्षित नगरेको संकेत गरेको उल्लेख गर्दै सबैले चनाखो हुनुपर्ने टिप्पणी गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले तीनकुने प्रदर्शनमा सरकारले आवयक विवेक नपु¥याउँदा क्षति भएको बताउनुभयो । उहाँले प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादीहरुले कमाण्डर परिवर्तन गरेको भएपनि सरकारले आवश्यक तयारी नगरेको बताउनुभयो । उहाँले बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभुमिका अराजक मान्छेलाई कमाण्डर तोक्दा समेत सरकार चनाखो नभएको उहाँको आरोप छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले त्रिभुवन विमानस्थल नजिकैको संवेदनशील स्थलमा राजावादीहरुलाई आन्दोलन गर्न किन ठाउँ दिइएको हो रु भन्दै प्रश्न गर्नुभयो । त्यस्तो संवेदनशील ठाउँमा प्रदर्शनका लागि अनुमति दिन नहुनेमा उहाँको जोड छ ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले व्यवस्थाविरुद्धका आन्दोलन र प्रदर्शन गर्नेहरुप्रति सरकार चिन्तित र गम्भिर हुन आवश्यक रहेको धारणा राखे ।