२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


तीनकुनेमा भएको घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो : सांसद पन्त


767
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताउनुभएको हो ।

सांसद पन्तले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पार्नुभयो । उहाँले प्रदर्शनकारीहरुले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दापनि सरकार के हेरेर बसेको रु प्रश्न गर्नुभयो । उहाँले प्रदर्शनका कमाण्डरले सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाउनुभयो ।

यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उहाँको जोड छ । यस्ता घटनामा न्यायिक आयोग गठन गर्न नहुने र श्री ५ को सरकार भनेर सम्बोधन गर्नेलाई कारबाही गर्नुपर्नेमा उहाँको जो छ ।