
एजेन्सी । अमेरिकामा लगातार परेको भारी वर्षा र हावाहुरीका कारण १६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि मौसममा आएको परिवर्तनले अमेरिकाको मध्य पश्चिमभागमा उथलपुथल मचाएको छ ।
टेक्सासदेखि ओहायोसम्म आएको आँधीले जनाजीवन प्रभावित बनाएको हो । पछिल्लो केही दिनदेखिको लगातारको मुसलधारे वर्षासंगै आएको बाढीमा परि १६ जनाको मृत्यु हुनुका साथै कयौ घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
शनिबार कयौं शहरहरुमा मुसलधारे वर्षा र आँधी आएको थियो । यता राष्ट्रिय मौसम सेवा विभागले बाढीको सम्भावना रहेकोले सर्तक रहन चेतावनी जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्