
काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । रामनवमीको अवसरमा काठमाडौंमा पनि भगवान श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ ।
काठमाडौंको पशुपतिस्थित राम मन्दिर, बत्तीसपुतलीस्थित राम मन्दिर लगायतका राममन्दिरमा भक्तजनको भीड लागेको छ । चैत्र शुक्ल नवमीको दिन भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ । त्रेता युगमा भगवान राम र माता सीतासँग जनकपुरधाममा विवाह भएको थियो ।
आज विशेष गरेर जनकपुरधाममा रामनवमी पर्व धुमधामका साथ मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्