२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन


1.144k
Shares

एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र अरबपति एलन मस्क विरुद्धको प्रदर्शन तीब्र बन्दै गएको छ । देशभरका विभिन्न स्थानहरुमा हजारौको संख्यामा सर्वसाधारण प्रदर्शनमा सहभागी भएका छन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपति ट्रम्प पागल भएको र अमेरिकाको अर्थतन्त्रलाई ओरालो दिशातर्फ धकेलिरहेको नारासमेत लगाइरहेका छन् ।

ट्रंम्पको नीतिको विरोधमा सडकमा उत्रिने मानिसहरु दिनप्रतिदिन बढिरहेको बताइएको छ । सरकारी कर्मचारीहलाई नौकरीबाट हटाउने, कर, अर्थव्यस्था, मानवअधिकार र अन्य मुद्दाहरुलाई लिएर अमेरिकाको वॉशिंगटन, न्यूयॉर्क, ह्यूस्टन, फ्लोरिडा, लस एंन्जलस लगायतका अधिकांश शहरहरुमा ¥याली निकालिएको हो ।

गत जनवरीमा राष्ट्रपतिले पदभार ग्रहण गरेयताको सबैभन्दा ठूलो राष्ट्रव्यापी विरोध प्रदर्शनमा ट्रम्पको निन्दा गर्न अमेरिकाभरका शहरहरूमा प्रदर्शनकारीहरूको भीड जम्मा भएको थियो । लन्डन, पेरिस, बर्लिनलगायत अमेरिका बाहिरका शहरहरुमा पनि ट्रम्पको कर नीतिको विरोधमा प्रदर्शन भइरहेका छन् ।