२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कुलमान घिसिङको पनुर्वहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन


1.365k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट बर्खास्त गरिएका कुलमान घिसिङको पुनर्वहालीको माग गर्दै काठमाडौंमा आज प्रदर्शन भएको छ ।

कुलमान घिसिङ पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा घिसिङको पोस्टर बोकेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएकाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘प्राधिकरणमा भइरहेको राजनीति बन्द गर, ‘देशको शान कुलमान’ लेखेका प्लेकार्ड बोक्नुका साथै ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ लेखेको टिसर्ट समेत लगाएका थिए । विभिन्न जातीय भेषभूषासहित प्रदर्शनमा उत्रिएकाहरुले आ–आफ्ना साँस्कृतिक झाँकी समेत प्रदर्शन गरेका थिए ।

चैत ११ को मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत संघसंस्था समेत सहभागी भएका थिए ।