
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको गए राति निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो ।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनु भएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पत्रकार रिसालले मृत्युपछि आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने घोषणा गरे बमोजिम रिसालको शव पाटन अस्पताललाई दिइएको उहाँको परिवारले जनाएको छ । पत्रकार रिसालको जन्म विसं १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो ।
वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कारहरु प्राप्त गर्नुभएको छ ।
लामो समयदेखि पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार रिसाल राष्ट्रिय समाचार समिति, रेडियो सगरमाथामा काम गर्नुका साथै समाजसेवामा पनि समर्पित हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्