२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


तीनवटा संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै बिहान ११ बजे अर्थ समितिको बैठक बस्न लागेको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरि दिउँसो ३ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।