
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । लामिछानेलाई अदालती प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो ।
त्यसअघि जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो । उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेश माग्दै लामिछानेले उच्च अदालतमा निवेदन दिनुभएको थियो ।
उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि शुक्रबार लामिछानेलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरिएको थियो । शनिबार र आइतबार बिदा परेकाले बाँकी प्रक्रिया आजदेखि मात्रै शुरू हुने भएको हो ।
प्रतिक्रिया दिनुहोस्