२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै


1.04k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्थापनाको माग गर्दै आज काठमाडौंको बल्खुमा वृहत् प्रदर्शन गर्ने भएको छ ।

सोमबार बसेको राप्रपा कार्यसमितिको वैठकले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने निर्णय गर्दै आन्दोलनमा हुने घुसपैठप्रति सतर्क रहन आग्रह समेत गरेको छ । उक्त बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको बताउनुभयो ।

भद्र अवज्ञा र सत्याग्रहका रुपमा आन्दोलन अघि बढाउने भन्दै अध्यक्ष लिङदेनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई समेत आन्दोलनमा आउन अपील गर्नुभयो । राज्य पक्षले हिंसा भड्काउन सक्नेमा आफूहरु सचेत रहेको भन्दै उहाँले जनप्रदर्शनमा हजारौं भोलिन्टियर्सलाई खटाइसकेको बताउनुभयो ।

कार्यक्रमस्थल विहान ९ बजेबाटै स्वयंसेवकहरुको नियन्त्रणमा रहने र घुसपैठीहरुलाई ठाउँको ठाउँ आयोजकको तर्फबाट कारवाही गरिने चेतावनी पनि दिनुभएको छ ।