
काठमाडौं । आज जनआन्दोलन दिवस अर्थात् पञ्चायती शासन व्यवस्थाको अन्त्य भएको दिन । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको यस दिनको सम्झना गर्दै जनआन्दोलन दिवस मनाउन शुरु गरिएको हो ।
विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाइ बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ ।
विसं २०१७ पुस १ गते राजा महेन्द्रले शुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो ।
नेपाली काँग्रेसको नेतृत्वमा संयुक्त वाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरेर ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो ।
२०४६ साल फागुन ७ गतेदेखि शुरु भएको यो आन्दोलनलाई चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्