
काठमाडौं । भारतीय मौसम विज्ञान विभागले गुजरातको सौराष्ट्र र कच्छ क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण रेड अलर्ट जारी गरेको छ । सोमवार उच्च तापक्रमको चेतावनी दिइएको हो ।
भारतको पश्चिमी राज्य गुजरातले सबैभन्दा गम्भीर अवस्थाको सामना गर्ने अनुमान गरिएको छ । मौसम विभागले सौराष्ट्र र कच्छमा अत्याधिक गर्मीको पूर्वानुमान गरेको हो ।
दिल्लीमा अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । जुन मौसमी औसतभन्दा लगभग तीन डिग्री बढी हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्