
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको चार कोशे जङ्गलमा एक युवतीको शव भेटिएको छ ।
सुनसरी धरान उप–महानगरपालिका–६ पाँचकन्या सामुदायिक वनमा अन्दाजी ३० वर्षकी नाम नखुलेको वेवारिसे महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिनुभयो ।
शव पहिचान गर्न सहयोग गर्न ईलाका प्रहरी कार्यालय धरानले सार्बजनिक अपिल गरेको छ । ती युवतीको कसैले जङ्गलमा ल्याएर हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
यवतीको शव शल्यपरिक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको पहिचान खुलेपछि परिवारका सदस्य बोलाएर शवको शल्यपरिक्षण गरिने बताइएको छ । अहिले घटनाबारे थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएकोे छ ।
प्रतिक्रिया दिनुहोस्