
काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित शहर बनेको छ । विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था (आईक्यूएयर) को पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा परेको छ ।
आईक्यूएयरको ‘लाइभ सिटी र्याङ्किङ’ मा काठमाडौंको वायु गुणस्तर सूचकांक २२५ पुगेको छ, जुन स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ ।
काठमाडौंले हनोई, दिल्ली, लाहोर, हो चि मिन्ह सिटी, वुहान, कराचीलगायतलाई उछिनेको छ । विश्वका प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा हनोई (१८०), तेस्रोमा दिल्ली (१७७), चौथोमा लाहोर (१७७), पाँचौंमा भियतनामको हो चि मिन्ह सिटी (१५५) परेका छन् ।
त्यस्तै सूचीको छैटौँ स्थानमा चीनको वुहान (१५३), सातौँ स्थानमा पाकिस्तानको अर्को शहर कराची (१२९), आठौँमा चीनको सांघाई (१२९), नवौँमा इरानको तेहरान (१२७) र दशौँ स्थानमा भारतको मुम्बई (१२३) परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्