
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र कमिशनतन्त्रले राजनीति र नेताहरुप्रति जनताको वितृष्णा बढेको भन्दै त्यसतर्फ सतर्क हुनुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेश सभाको बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामा नेताहरुप्रति वितृष्णा बढेकोप्रति जनप्रतिनिधिहरु सतर्क हुनु जरुरी रहेको बताउनुभयो ।
हामी कुशासनको अन्त्य गर्छौ सुशासन दिन्छौँ भन्ने प्रतिवद्धता चाहिने भन्दै ओलीले जनतााई पीरमर्का नपर्ने गरी छिटो सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो । छिटो छरितो सेवा दिन सकियो भने भने मात्रै लोकतन्त्र बलियो हुने उपदेश दिंदै उहाँले जनताले नेतालाई ढाँट र ठगको रुपमा लिन थालेको पनि स्वीकार गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्