
काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजार मंगलबार झिनो अंकले आरोलो लागेको छ ।
विहान खुलेदेखि लगातार घटेर २६ सय ३३ सम्म झरेको बजार परिसूचक नेप्से ३ दशमलव ४४ अंकले घट्दै २६ सय ६६ दशमलव ६१ को विन्दुमा बन्द भएको हो ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज नौ वटा उपसमूह ओरालो लागेका छन् भने चार वटा उपसमूह बढेका छन् । उत्पादन उपसमूह सर्वाधिक १ दशमलव ५७ प्रतिशतले बढेको छ ।
१२१ वटा स्टकको मूल्य बढ्दा १२३ वटाको मूल्य घटेको छ । मंगलबार बोटलर्स नेपाल बालाजु लिमिटेड, विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा बाराही हाइड्रोको शेयर मूल्य सर्वाधिक ५ दशमलव ८५ प्रतिशतले घटेको छ ।
३२१ वटा स्टकको एक करोड ६ लाख ४३ हजार कित्ता शेयर ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ५९ करोड १४ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्