३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


तीनकुनेमा आगजनी र तोडफोड गर्ने माओवादी कार्यकर्ता हुन : ज्ञानेन्द्र शाही


1.43k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पतीमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाउनुभएको छ ।

मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख सचेतक शाहीले यस्तो आरोप लगाउनुभएको हो ।

टोडफोड गर्न कार्यकर्ता पठाएर झुटा मुद्दामा राप्रपा नेताहरु धवल समशेर राणा, रविन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको प्रमुख सचेतक शाहीको आरोप छ ।

पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरुलाई नछोडिए जनताले गणतनत्रवादी नेतहरुको घर घेर्ने दिन आउने उहाँको चेतावनी छ । उहाँले जनताले घर घेरे भागेर कहाँ जान्छौं ? भन्दै गणतन्त्रवादी नेताहरुलाई प्रश्न समेत गर्नुभयो ।

प्रमुख सचेतक शाहीले पाटक पटक सत्तामा बसेका नेताहरुले उद्योगभन्दा बेचेर खाएको समेत आरोप लगाउनुभयो ।